समाचार

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी यस्तो गरे

काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो अहिले निकै नै भाइरल भइरहेको छ । भारत, गुजरातको राजकोट शहरमा रातको कर्फ्यूको बीचमा सडकमा मास्क नलगाएकी एक महिला प्रहरीसँग बहस गर्दै थिइन । साथमा रहेका पतिले मास्क नलगाएको कुरामा प्रहरीसमक्ष गल्ती स्वीकार गरेका थिए तर श्रीमती शान्त भइनन् ।

यसमा श्रीमानले आफ्नी श्रीमतीलाई भने, ‘चुप लाग ।’ अझै श्रीमती चुप लाग्न तयार भइनन् । पतिले पत्नीलाई प्रहरीका अगाडि थ’प्पड नै लगाइदिएको भिडियो अहिले भाइरल भइरहेको छ । दम्पतिको यो अवस्था देखेर हैरान भएका प्रहरीहरुले दुबैलाई घरतिर पठाएका छन् । यस घटनाको एक भिडियो सार्वजनिक भएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

भिडियोमा तपाईं क्रोधित पतिले के गर्नुभयो भनेर देख्न सक्नुहुन्छ । मास्क नलगाएको भन्दै प्रहरीले उनीहरुमाथि १,६०० रुपैयाँको जरिवाना तिराएका छन् । जानकारी अनुसार यो घटना गुजरात राजकोटको त्रिकोण त्रिभुवन क्षेत्रमा देखिएको थियो । त्यहाँको प्रहरीले मास्क बिना मोटरसाइकल सवार पति र पत्नीलाई रोक्यो ।

प्रहरीले उनीहरूलाई रातको कर्फ्यू भएको भन्दै रोकेको थियो । प्रहरीले उनीहरुलाई भन्यो, ‘तपाईंले १,६०० रूपैयाँ जरिवाना तिर्नु पर्छ ।’ यो सुनेर, महिला क्रोधित भइन् र प्रहरीसँग बहस गर्न थालिन् । उनले भनेकी छिन, ‘मसँग स्कार्फ (दोपट्टा) छ, जसले मेरो मुख छोपिरहेको नै छ ।’

किन चाहियो मास्क ? गल्तीको बाबजुद पनि, ति महिला प्रहरीसँग बाझिन सुरु भइन् । प्रहरीले रोकेर राखेको थियो त्यसमा श्रीमतीको व्यवहारले रिसाएका श्रीमानले एक थ’प्पड लगाएका हुन् । नबोल भन्दा भन्दै बढी बोलेपछि श्रीमानले यसो गर्न बाध्य भएको दावी गरेका छन् ।

त्यसपछि प्रहरीले दुई जनालाई सम्झाएर जरिवाना तिराएर घर फर्काएको हो । शहरमा मास्क नलगाएका व्यक्तिहरूलाई रोकेर प्रहरीले जरिवाना तिराउने काम गरिरहेको छ । कोरोनाको बढ्दो घटनाका कारण गुजरातका चार शहर, अहमदाबाद, बडोदरा, सूरत र राजकोटमा राती कर्फ्यू जारी छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close