शुक्रबार ०७ माघ २०७८

काठमाडौं : नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । ‘एनिमल’ टाइटलमा बन्न लागेको फिल्ममा कार्कीले बलिउड सुपरस्टार अनिल कपुरसँग स्क्रिन शेयर गर्ने बताईएको छ। यो फिल्ममा अनिलसँगै रण विर कपुरको पनि प्रमूख भुमिका रहनेछ । विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर ‘एनिमल’मा अफर गरिएको बताईएको छ ।

यसको सुत्रधार ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटा हुन् । विशालले ‘एनिमल’का निर्देशक सन्दीप रेड्डी भांगाको तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बनाउने तयारीमा छन् । ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबिर सिंह’ थियो । यस अघि फिल्म ‘बर्फी’मा रणविरसँग नेपाली कलाकार भोलाराज सापकोटाले सँगै अभिनय गरेका थिए ।

बलिउडवाट अफर आएपछि विपिन निकै उत्सा’हित भएका छन् । थुप्रै नेपाली कलाकारहरुले बलिउडमा काम गरेकोे भए पनि केही सिमित कलाकारले मात्र त्यहाँ आफ्नो परिचय बनाउन सफल भएका छन् । अभिनेत्री मनिषा कोइराला, सुनिल थापा लगायत केही कलाकारले बलिउडमा प्रतिभा देखाएका छन् । मनिषा ९० को दशकको सबैभन्दा चर्चित अभिनेत्री थिइन् । अहिले उनी नेपालमै विभिन्न प्रोजेक्टमा काम गर्दैछिन् ।

४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया