आइतबार ०६ आषाढ २०७८

सुजन गुरुङग एक भाईरल नाम हो । काम ले बस चलाऊने सुजन भाईरल भएसी अहिले गीत गाउँन बेस्त छन । सिसिर भण्डारी ले उन्लाई सामाजिक सन्जाल मा ल्याएको थियो । उनी सँग आज रिया खड्का ले देखिएको छ । रिया खड्का र रती खड्का आमा छोरी पनि सामाजिक सन्जाल मा भाईरल भएको थियो । रिया र सुजन को को भिडियो छायांकन भएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सर्बजनीक भएको छ ।

यो पनि पढ्नुहोस्:रसुवामा चिसो हट्दै, पर्यटक बढ्दै-अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन् ।

हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको, तातोपनमा बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन सङ्ख्या क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा धुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०÷२५ जनाले बढिरहेका छन् । उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् । हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ ।

पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यकपर्ने खाध्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । विदेशी पर्यटकको भरमा आत्मनिर्भर बनेको लाङ्टाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङ्टाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताउनुभयो ।

उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती लोकल परिकारका भोजन, परम्परागतको वेषभूषा अवलोकन, जङ्गलमा चर्ने हिमाली चौरीगाईका बथानको अवलोकनजस्ता आर्कषणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङले बताउनुभयो ।

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया