शुक्रबार ०७ माघ २०७८

विश्व फुटबलका सर्वाधिक धेरै बालोन डो’ओर विजेता लिओनेल मेस्सी बर्तमान अनि आधुनिक फुटबलका महान फुटबलर हुन् । अर्जेन्टिनी अन्तर्राष्ट्रिय साथै पुर्बी बार्सिलोना फरवार्ड लिओनेल मेस्सी बर्तमान अवस्थामा भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका निम्ति खेल्दै छन् । विश्व फुटबलका शिर्ष प्ले मेकरका रुपमा चिनिएका लिओनेल मेस्सी आफ्नो सानदार ड्रिब्लिंग (बल छलाउने) साथै गोल गर्ने कलाका कारण निकै परिचित छन ।

उनको खेल हेर्दा लाग्छा उनका विशेष गरि समर्थक धेरै घृणा गर्ने कोहि नहोलान भन्ने लाग्न सक्छ तर त्यो यो विश्व मै सम्भब छैन । उनलाई मान्छेहरु किन घृणा गर्छन भन्ने विषयमा विश्व फुटबलमा समेटिएका केहि शिर्ष कारणहरु मध्येका केहि कारणहरु यस्ता छन् । जुन हदसम्म सान्दर्भिक समेत देखिन्छन ।

१) अर्जेन्टिनाका निम्ति पदकको कमी

अर्जेन्टिनी फुटबलका निम्ति १९९३ पश्चात पहिलो उपाधि जिताएका लिओनेल मेस्सीले त्यस बाहेक हालसम्म अन्य शिर्ष उपाधि जिताएका छैनन् । कोपा अमेरिका बाहेक विश्वकप हालसम्म उनले जित्न सकेका छैनन् । हुन त अर्जेन्टिनाबाट विश्वकप २०२२ को अपेक्षा गरिएको भयता पनि लिओनेल मेस्सीका निम्ति सन् २०१४ मै विश्वकप जित्ने ठुलो अवसर रहेको थियो । डिएगो म्यारोडोनाको विरासत मानिएको लिओनेल मेस्सीका निम्ति आफ्नो छबीलाई उचाईमा राख्नका निम्ति समेत विश्वकप प्रमुख बनेको हो । सायद उनले अर्जेन्टिनाका निम्ति धेरै पदक नाजित्नुले पनि उनको आलोचना गर्नेहरु देखिएको बुझिन्छ ।

२) बार्सिलोनाका लेजेण्ड

बार्सिलोना आफैमा एक विश्व शिर्ष क्लब हो । बार्सिलोनाको प्रमुख प्रतिद्वन्दी हो क्लब रियल मड्रिड जसको कारण लिओनेल मेस्सीको मिश्रण बार्सिलोनामा हुदा उनलाई मन नापराउनु स्वभाबिक मान्न सकिन्छ । लिओनेल मेस्सी मात्र बार्सिलोनाका खेलाडी हुन अन्य लिगमा उनले खेल देखाउन सक्दैनन् भन्ने जुन आलोचना बढिरहेको छ त्यसका निम्ति समेत मेस्सीलाई चुनौती थपिएको देखिन्छ । बार्सिलोना छाडेर जुन उनले चुनौती बोकेका छन् यस विषयलाई सावित गर्नका निम्ति लिओनेल मेस्सीले नयाँ लिगमा समेत आफ्नो छबि देखाउनु आवश्यक रहन्छ ।

३) क्रिस्टियानो रोनाल्डो ठुलो प्रतिद्वन्दी हुनु :

यस सताब्दी कै दुइ शिर्ष फरवार्डको रुपमा लिइन्छ क्रिस्टियानो रोनाल्डो साथै लिओनेल मेस्सीलाई साथै यी दुइलाई एक साथ भन्दा भिन्ना भिन्नै समर्थन गर्नेहरुको समेत जमात देखिन्छ । रोनाल्डोका समर्थकहरुले कहिले पनि लिओनेल मेस्सीलाई रोनाल्डो भन्दा माथि देखेका हुदैनन् जसको कारण लिओनेल मेस्सीलाई मन नपराउने धेरै देखिएका हुन् ।

मेस्सी समर्थन गर्नेहरु मेस्सीले गरेका गुण र खेलको बढाइ गर्दछन त रोनाल्डोका समर्थकले रोनाल्डोको जसको कारण यी दुवैका समर्थकहरुले एक अर्कालाई मा पराएको देखिदैन ।

४) कर छली प्रकरण :

फुटबलमा जति सफा देखिन्छन लिओनेल मेस्सी उनको पछाडी कर छलीको मुद्धा चलिरहेको पाइन्छ । लामो समय देखि नै विश्वकै धेरै कमाई गर्ने खेलाडीको रुपमा लिइने लिओनेल मेस्सी कर छलीको प्रकरणमा परेको पाइन्छ । सन् २०१६ मै कर छलीको मुद्धामा २१ महिने जेल सजायका निम्ति समेत अदालतले कारबाही तोकेको थियो । उनलाई २ मिलियन यूरो जरिवाना तिराउनुको साथै लिओनेल मेस्सी र उनकै पिताको संलग्नतामा ४.१ मिलियन यूरो कर छली गरिएको समेत पाइन्छ । आजको मितिसम्म पनि लिओनेल मेस्सीलाई कर छलीको मुद्धाले चेपिरहेको पाइन्छ जसको मूल फलत उनलाई केहि मान्छेहरुले यसैलाई कारण बनाई घृणा समेत गर्दछन ।

५) आफ्नो कार्यमा राम्रो/बफादार :

फुटबलका निकै असल अनि मिलनसार खेलाडीको छबी लिओनेल मेस्सीले बनाएको पाइन्छ । कुनै पनि टिमलाई हानी नपुर्याएका लिओनेल मेस्सीले बार्सिलोनामा नै रहेर क्लबका निम्ति असिमित उपाधि अनि नाम दिलाएका थिए । उनि राम्रो हुनु कै कारण समेत उनलाई मन नपराएको पाइन्छ । विश्व भर नै अर्काले राम्रो गर्दा मन नपराउने प्रवृति देख्न पाइन्छ जसको भागीदार लिओनेल मेस्सी समेत हुन् ।

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया