आइतबार ०६ आषाढ २०७८

काठमाडौ । काठमाडौंको कालोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिनादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् ।

गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हामीलाई रुदै फोन गरिन् । हामीले कुशलको उपचारका लागि देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ७१ हजार ५० रुपैंया सहयोग बुझायौं ।

कुशलको कोठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बुवाले छोडेर अर्कै आमा लिएर बसेका छन् । छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन ।

हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उपचारका लागि देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ७१ हजार ५० रुपैंया सहयोग बुझायौं ।

निकै नै दर्दनाक भिडियो हेर्नुस

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया