शुक्रबार २७ साउन २०७९

ला’गुऔ’षध मुद्धामा बुधबार पक्राउ परेका ’लाउरे’ नामले चर्चित र्‍यापर आशीष राना मगरलाई थप अनुसन्धानका लागि कास्की प्रहरीले ८ दिन म्याद थपेको छ । हिजो सार्वजनिक बिदाका कारण म्याद थप हुन सकेको थिएन ।

आज ८ दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले ला’गुऔ’षध प्रयोग गर्ने गरेको स्विकार गरेका छन् । लाउरे बुधबार पोखराको न्यूरोड नजिकै जाल्पारोडको एक घरको कोठाबाट पक्राउ परेका थिए । युवतीसँगै रहेका ¥यापर लाउरे र अन्य दुई युवक पनि पक्राउ परेका हुन् ।

युवती स्याङ्जा भिरकोट नगरपालिका ७ घर भई पोखरा १५ बस्ने २२ वर्षिया सुस्मिता गुरुङ हुन् । यस्तै, ला’गुऔ’षध कारोबारी पोखरा २१ घर भई हाल छो’रेपाटन बस्ने ३९ वर्षिय ध्रुबहादुर थापा र पोखरा ७ का ३० वर्षिय बि’क्कि भन्ने नवीन गुरुङ पक्राउ परेका हुन् ।

उनीहरु ला’गुऔ’षध कारोबारी हुन् ।उनीहरुको साथबाट १३.०१ ग्राम ला’गुऔ’षध प्रहरीले फेला पारेको थियो । लाउरे कास्की प्रहरीको हि’रासतमै छन् ।कारोबार पुष्टि भएको अवस्थामा र्‍यापर लाउरे कम्तिमा ५ वर्षसम्म जे’ल जान सक्छन् । यदि का’रोबार गरेको पुष्टि नभएको तर

से’वन मात्र गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कै’द र १० हजारसम्म ज’रिवाना हुन सक्नेछ । एक वर्षसम्म कै’द हुने मु’द्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।

११० पटक हेरिएको

तपाईको प्रतिक्रिया