शुक्रबार २७ साउन २०७९

काठमाडौ । अकस्मात बढेको चिसोले पहाडी र हिमाली ठाउँमा हिउँ परेको छ । कति युवाहरु हिउँमा रमाउन अग्लो स्थानमा पुगेका छन् । तर चन्द्रागिरी र बझाङको चिसोमा ३ युवाको शव फेला परेको छ । चन्द्रागिरीमा एक जना र बझाङमा दुई पुरुषको शव फेला परेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सडकमा एक युवकको शव फेला परेको हो ।

चन्द्रागिरि नगरपालिका ४ नम्बर वडास्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो । प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार यसबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

त्यस्तै बझाङमा दुईजना पुरुष मृ त अवस्थामा फेला परेका छन् । मृ त फेला पर्नेमा छविसपाथीभेरा ७ का एक र अर्का सुर्मा १ का रहेका छन् । दुवै फरक फरक ठाउँमा मृ त अवस्थामा फेला परेका हुन्।

छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका ४३ वर्षीय जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृ त फेला परेका हुन् । यता सुर्मा गाउँपालिका(१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

उनी गत मंगलबारबाट हराएका थिए । हिजोसम्म पनि घर नफर्केपछि प्रहरीले उनको खोजतलास गरेको थियो । धामी र बोहरा दुबै जनाको चिसोले ज्यान गएको हुन सक्ने अनुमान प्रहरीको छ ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया