शुक्रबार २७ साउन २०७९

नायिका महारानी राज्यलक्ष्मी शाहले लण्डनमा बस्दै आएका कपिल रिजालको निर्देशनमा अनटाइटल प्रोजेक्टमा साइन गरेकी छन् । अभिनेता जितु नेपालले यस चलचित्रमा महारानीको पार्टनरको भूमिका निर्वाह गर्नेछन् । दुवै कलाकारले फिल्मका लागि लिखित सम्झौता गरेका छन् ।

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स बाट डेब्यु गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रिजर्भ बस्छिन् । मिडियामा चलचित्र चल्ने समय बाहेक अन्य समयमा उनलाई भेट्न मुश्किल नै पर्छ । तर, साम्राज्ञीको सामाजिक संजालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनका हरेक गतिविधीलाई नियाल्न सकिन्छ । हुनत, कहिलेकाही यहि दुनियाँले उनलाई तनावमा पनि पारिदिन्छ । केहि समय अगाडि मात्र इन्स्ट्राग्रामको एक तस्बिरले साम्राज्ञीलाई तनावमा पारिदियो । आफ्नो गोप्य अंगको तल खोपिएको ट्याटु इन्स्टाग्रामबाटै सार्वजनिक भएपछि साम्राज्ञी विवादित बनिन् ।

२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया