शुक्रबार २७ साउन २०७९

काठमाडौं, पुस १४ गते । बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।

यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार्वजनिक सूचना जारी नगेको जनाएको छ । मन्त्रालयले अहिले सामाजिक सञ्जालमा सेयर भएको बिदाको सूचना भ्रामक भएको जनाएको छ । अहिले मन्त्रिपरिषद् बैठक जारी रहेको र बैठक समापन भएपश्चात मात्र आधिकारीक जानकारी आउने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जारी आठौँ राष्ट्रिय महाधिवेसन २ दिन लम्बिएको छ । पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङको विधान प्रतिवेदनमाथिको समूहगत छलफलका सुझाव, नेतृत्व चयनलगायतका विषय बाँकी रहेकाले महाधिवेसन लम्बिएको हो ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले प्रस्तुत गरेको विधानमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । आज ११ समूहले सुझाव पेस गरेका छन् । बाँकी १४ समूहको सुझाव भोलि प्रस्तुत गरिने र उठेका सवालमा अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया सुरू हुने बताइएको छ ।

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया