सोमबार २३ साउन २०७९

एजेन्सी । सामाजिक सञ्जालमा अभिनेत्री सारा अली खानको एउटा तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा उनले सिउँदोमा सिन्दुर लगाएको देखिन्छ । उनी भर्खर विवाहित भएका अभिनेता विक्की कौशलसंग देखिएकी छन् । अभिनेता विक्की कौशल र सारा अली खानले आफ्नो नयाँ फिल्मको छायाँकन सुरु गरेका छन् । फिल्मको नाम भने खुलाइएको छैन तर सेटबाट दुवैको फोटो र भिडियो भाइरल भएको छ । हालै इन्दौरका विक्की र साराको एउटा तस्बिर इन्टरनेटमा भाइरल भएको थियो । अहिले नयाँ तस्बिरमा दुवै कलाकार आफ्ना फ्यानसँग सेल्फी खिचिरहेको देखिएका छन् ।

फ्यानपेजमा भाइरल भएको यो फोटोमा कोलकाताको लोकेशन ट्याग गरिएको छ । यसमा सिउँदोमा सिन्दुर, निधारमा टिका, गृहिणीको भेषमा देखिएकी छन् । विक्कीको लुक्स पनि मध्यम वर्गीय परिवारको पुरुषको जस्तो देखिन्छ । फ्यानले तस्बिर सेयर गर्दै दुवै कलाकारको तारिफ गरेका छन् । विक्की कौशल सारा अली खानसँग धेरै अद्भूत देखिन्छन्।ु प्रयोगकर्ताको कमेन्ट हेरेर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरु यी दुई कलाकारलाई एकअर्काको विपरित देख्न उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

सारालाई विक्कीसँग बाइकमा बसेको देखियो
यसअघि सारा र विक्की इन्दौरको सडकमा बाइकमा देखिएका थिए । रिपोर्टका अनुसार विक्की इन्दौरमा आफ्नो आगामी फिल्मको छायाँकनमा थिए । इन्दौरबाट उनको तस्बिर पनि भाइरल भएको छ जसमा उनी सारालाई बाइकमा बसाएको देखिएका छन् । तस्विरमा, विक्की एक्वा ब्लू टी(सर्ट, हाफ ज्याकेट र हेल्मम्यान लगाएर बाइक चलिरहेको देखियो। पहेँलो फ्लोरल प्रिन्टको साडी र ओलिभ हरियो स्वेटर लगाएकी सारा बाइकको पछाडि विक्कीको काँधमा हात राखेर बसेकी थिइन् ।

लुका छुपी पार्ट २ को छायाँकन ?
केही समयअघि यी दुवै कलाकारले निर्देशक आदित्य धरको फिल्म ‘द अमर अश्वत्थामा’ र लक्ष्मण उतेकरको अर्को अनटाइटल फिल्ममा सँगै काम गर्ने खबर आएको थियो । केही रिपोर्टका अनुसार विक्की र सारा लक्ष्मण उतेकरको फिल्म लुका छिपी पार्ट २ को छायाँकनमा व्यस्त छन् । यी दुबैको तस्विर कुन फिल्मको हो, छिट्टै खुल्नेछ ।

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया