मंगलबार १४ मंसिर २०७८

काठमाडौं । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटोर-३५० नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइल्सले मेटोर नेपाल ल्याउने प्रक्रिया सुरु गरेको हो ।

‘हामीले मेटोर ३५० नेपाल ल्याउन आन्तरिक तयारी गरिरहेका छौं । अबको केहि समयपछि कहिले नेपाल आउँछ भन्ने विषय टुङ्गो लाग्छ’, कम्पनी स्रोतले भन्यो ।

आकर्षक डिजाइनको साथ भारतमा सन् २०२० को अन्त्यतिर विक्री सुरु भएको मेटोर ३५० ले निकै राम्रो व्यापार गरिरहेको छ । क्रुजर डिजाइनमा आएको यो मोटरसाइकललाई रोयल इन्फिल्डले थन्डरवर्डको स्थानमा बजारमा ल्याएको हो ।

अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमि-डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ ।

भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन उपलब्ध रहेको यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस दिइएको छ । कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्वीन पिस्टन फ्लोटीङ क्यालीपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २७० एमएमको डिस्क दिएको छ ।

३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया