सोमबार १८ साउन २०७८

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हा म फा ले को घटनामा सबै जनाको पा नीमा डु बे र मृत्यु भएको पो स्टमा र्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृ तक सबैको पो स्र्टमा र्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हा म फा ले की थिइन् । रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार ग र्भप तन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग वि वाद भइरहेको थियो ।

सुकीका छिमेकीका अनुसार ग र्भमा रहेको बच्चाका कारण सुकी र मानसिंहबीच लामो समयदेखि ख टपट चलिरहेको थियो । ‘गर्भमा बच्चा थियो, चेक गरेर छोरा भए राख्ने र छोरी भए अ बोर्स न गर्ने कुरा हामीले सुनेका थियौं,’ उनले भने । घटनालाई लिएर दैलेख र अछाममा फरक–फरक मुद्दा दर्ता भएको छ ।

अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्यालले श व फेला परेपछिको अनुसन्धान अछाममा र त्यसभन्दा अघिको छानबिन दैलेखमा हुने बताए । दैलेख प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जिल्लामा दे’ह’त्याग दु रु त्सा हनको मुद्दा मात्रै चल्ने स्पष्ट पारे । जसअनुसार मृत्युसम्बन्धी मुद्दा अछाममा हेरिने भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया