बुधबार २५ साउन २०७९

एजेन्सी : फार्महाउसमा जन्मदिन मनाउन गएका बलिउड अभिनेता सलमान खानलाई सर्पले ड’सेको छ। हिन्दुस्तान टाइम्सका अनुसार शनिबार मुम्बईस्थित आफ्नो पानभेल फार्महाउसमा सलमानलाई सर्पले ड’सेको हो। सोमबार ५६ औं जन्म दिन मनाउने क्रममा उनी फार्महाउस पुगेका थिए।

उनलाई सर्पले ड’सेपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो।६ घण्टा अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भएका छन्। समाचार संस्था पिटिआइका अनुसार शनिबार राति खानको हातमा सर्पले टो’केको थियो। उनलाई टो’क्ने सर्प वि’षालु नभएको अस्प तालले जनाएको छ। उनी अहिले फार्म हाउसमै फर्किसकेका छन्।

गत वर्ष पनि सलमान खानले आफ्नो परिवारसँग फार्महाउस पानभेलमा जन्मदिन मनाएका थिए। बिगबोस १५ को हालै आएको एपिसोडमा पनि उनले आरआरआरका कलाकारसँग केक काटेर जन्मदिन मनाएका थिए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइ एको छ । सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ, त्यो पहाडी र वन क्षेत्रले घेरिएको छ । यो इलाकामा धेरैजसो सर्प र अजिंगर निस्किन्छन् ।

३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया