बुधबार ०३ कार्तिक २०७८

काठमाडौं, ५ चैत । दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर।’

आठ महिनाकी ग’र्भवती रेखादेवीको मृत्युको खबर वैशाख १६ गते साँझ मोतीपुरभरि फैलियो। रेखादेवीको माइती पक्ष दुई किलोमिटर दूरीमा रहेको लक्ष्मीनिया पुगे। तर, उनका पति सञ्जय ठाकुर त्यहाँ देखिएनन्। गाउँलेहरू सञ्जय फरार भएको बताइरहेका थिए। घर प्रहरी घेरामा थियो। सञ्जयका काका देवेन्द्र ठाकुर (तत्कालीन वडाध्यक्ष)ले ‘पावर’ लगाए। माइती पक्षलाई गेटमै रोकियो। राति ८ बजे मात्र श व रहेको कोठामा जान दिइयो। प्रहरी मुचुल्कामा सही गर्न भनियो।

सञ्जयका बुवा नागेन्द्रले बिजुलीको मेन स्विच अफ गरिदिए। ‘मोबाइलको लाइट बालेर बहिनीको शव हेर्‍यौं। गालामा हा तको डा म थियो, शरीरभरि नी ल डा म’, रोशनले भने, ‘कपाल लु छि एको थियो। अनुहार र घाँ टी व रपर र ग त का टा टा थिए। अनुहार को तरि एको थियो अनि खु ट्टा पनि अस्वाभाविक बांगा देखिन्थे।’

उनका अनुसार कोठामा फुटेका चुरा र सामान य त्र तत्र छरिएका थिए। प्रहरी तिनै चुरा टिप्दै थिए। रेखादेवीको श व ओ छ्यानमा थियो। एउटा स ल दुई टु क्रा पारेर छो पिएको थियो। रेखाका ससुरालाई उद्धृत गर्दै रोशनले भने, ‘यही स ल मा झु’ न्डि ‘ एर म रे की हो।’ तर, न झु न्डि ए को अ वस्था मा श व थियो न त कुनै फोटो देखाइयो। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया