अन्तरास्ट्रिय

कोरोनाले यो अवस्थामा ल्याईदियो, जो पहिला पाईलट थिए आज फूड डेलिभर बने

एजेन्सी । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाले मानिसको जीवनमा नराम्रो प्रभाव पारिदिएको छ । कोरोनाकै कारण विश्वका मानिसहरुको रोजीरोटी गुमेको छ । खाना नपाएकै भरमा सजिलै मानिसको मरन हुँदैन । बाँच्नकोलागी उस्ले जस्तो सुकै संघर्ष गर्न परिरहेको हुन्छ । परिस्थिति अनुसार उस्ले आफुलाई बदलि रहेको हुन्छ । जस्ले परिस्थिति अुनसार जीउन जान्दछ त्यसले मात्रै जीवन जीउन सक्दछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

कोरोना महामारीकै कारण जब जीवनमा प्रभाव पर्न शुरु भयो त्यो प्रभावबाट बच्नकोलागी रुसमा एक पाइलटले आफ्नो जीवनलाई नै बदल्दिएका छन् । उनी पाईलटबाट अहिले फूड बिक्रेता बनेका छन् । ती फुूड बिक्रेता रुसका एक जवान पाइलट रोम हुन् । रोमले आफ्ना दुई तस्बिर रुसको सोसल मिडिया प्लेटफर्म पिकाबूमा सेयर गरेका थिए । जुन यतिबेला सोशल मिडियामा निकै नै चर्चित भइरहेको छ ।

रोमनको एउटा तस्बिर सन् २०१९ को हो र अर्को सन् २०२० को । यो तस्बिरको सहारा लिएर रोमन यो देखाउन चाहन्थे कि उनको जीवन एक वर्षमा परिवर्तन भइसकेको छ । एक वर्ष अघिसम्म रोमन पाइलट थिए र आजको समयमा उनी घर–घरमा खाना पुर्याउने काम गर्छन् । रोमले बोर्ड पान्डासँगको कुराकानीमा आफू २३ वर्ष पुगेको र पछिल्लो तीन वर्षदेखि पाइलटको रुपमा काम गरिरहेको जानकारी दिए ।

सो कुराकानीमा उनले भने, ‘गत वर्ष मैले करिब ९ण् देखि सय घण्टाको उडान भरेको थिएँ तर यस वर्ष १४० घण्टाको मात्रै उडान भर्न पाएँ । म अहिलेपनि एयरलाइन पाइलटको रुपमा काम गरिरहेको छु तर औसतमा मैले एक महिनामा एक फ्लाइट उडाउने मौका पाउँछु । यसको अर्थ यो हो कि लगभग पूरा महिना म खाली हुन्छु ।’

रोमनले थपे, ‘यसैकारण मैले खाली समयमा एभिएसनको स्पेयर पार्टस्को पसलमा सेल्स एजेन्टको रुपमा काम गर्ने निर्णय गरेँ र विकेन्डमा फुड डेलिभरीको काम गर्छु । इमान्दारीपूर्वक भन्नु पर्दा मलाई यो काम गर्न कुनै समस्या छैन ।

एक हप्ता कम्प्युटर अगाडि बिताएपछि तपाईंले शहर घुम्ने मौका पाउनुहुन्छ, मानिसहरु देख्न पाउनुहुन्छ र खाना डेलिभरी गर्ने बेला तपाईंले आफूलाई मनपर्ने गीत पनि सुन्न सक्नुहुन्छ । त्यसैले मलाई यसमा खासै समस्या छैन ।’,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button
Close