शुक्रबार ०७ माघ २०७८

अर्जेन्टिनी कप्तान तथा पीएसजीका स्टार फुटबलर लियोनल मेस्सी र उनका श्रीमती एन्टोनेला रोकुजो सानैदेखिका प्रेमी थिए। प्रेममा जब वफादारीताको सवाल आउँछ यो जोडीको बारेमा चर्चा भइराखेको हुन्छ।

हाल उनीहरुबाट तीन सन्तान जन्मिसकेको छ। उनीहरु खुशी छन्। यद्यपी एन्टोनेलाको पूर्व प्रेमीबारे धेरै अनविज्ञ छन्। हालका सर्वाधिक सफल फुटबल मेस्सीसँगको प्रेममा हुँदाहुँदै उनी अर्जेन्टिनाकै एक युवकको प्रेममा परेकी थिईन ।

जब मेस्सीले रोसारियो छाडे र स्पेनको बार्सिलोना फुटबल खेल्न पुगे त्यसबेला एन्टोनेलाले एक्लो महसुस गरेकी थिइन्। त्यसैबेला उनले अर्का किशोरसँग डेट गर्न थालिन। तर जब केही वर्षपछि मेस्सी अर्जेन्टिना फर्किए एन्टोनेलाले ती किशोरसँग सम्पर्क गर्नै छाडिन् र बाँकी इतिहास साक्षी छ।

स्पेनिस पत्रिका एएससँग उनका पूर्व प्रेमीले मेस्सीको श्रमतीसँगको सम्बन्धबारे खुलाएका छन्। उनको पहिचान हालसम्म खुलाइएको छैन तर केही तस्बिर भने इन्टरनेटमा सार्वजनिक भएका छन्। उनले सन् २०१० मा भनेका थिए,‘मेस्सी अर्जेन्टिना फर्किनासाथ उनले मलाई छोडिन्। तर उनले कुनै बुढा मान्छेको लागि नभएर मेस्सी रोजिन्। जुन विषयमा हामी विवाद गर्न सक्दैनौं।’ यद्यपी केही नभनी छाड्दा आफूलाई त्यसबेला दुःख लागेको उनी बताउने गर्दछन्। एजेन्सी

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया