बिहिबार ११ कार्तिक २०७८

गैंडाकोट नगरपालिका वडा नं ९ की भिममाया आलेको शिरमा त्यतिबेला कालो बादल मढारिए झैं भयो, जतिबेला उनले आफ्नो १७ वर्षिय छोरा सडक दुर्घ टनामा परेको सुनिन् । गएको पुस १ गते बिहान साढे ९ बजेतिर जागिर खान जाने भनेर भिममाया आलेको छोरा शिशिर आले साथीको बाईकमा बसेर घरबाट निस्किए । जागिरका लागि यो शिशिरको पहिलो दिन थियो । तर उनि कार्यालय पुग्न सकेनन् ।

सर्भिस रोडबाट हाईवेमा प्रबेस गर्नासाथ उनि दुर्घटनामा परे । बुटवलबाट नारायणगढ तर्फ जाँदैगरेको तिब्र गतिको भारतिय ट्रकले ठक्कर दिँदा दुर्घ टना भएको थियो । उनि मोटरसाईकलको पछाडी बसेका थिए । ट्रकको ठक्करले उछिट्टिएका शिशिरको मेरु दण्ड भाँचियो । तर मोटरसाईकलका चालकलाई भने केही हानी भएन ।

मोटरसाईकल चलाउने टेक बहादुर थापा शिशिरका छिमेकी हुन् । दुर्घ टना पछि उनलाई उपचारको लागि भरतपुरको सिएमसी हस्पिटल लगियो । सिएमसीमा सिटिस्क्यान नभएपछि पुरानो मेडिकल हस्पिटलमा लगियो । अहिल यस्तो छ उनको अबस्था हेर्नुहोस भिडियो…

१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया