बुधबार १२ माघ २०७८

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनस् नयाँ दिल्ली फर्किएको छ ।

जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ , ‘ एयर इन्डियाका एक अधिकारीले भने ।

विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृ त घोषित गरेको थियो । मृ त भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ । शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।

यो पनी काठमाडौं | विश्वभर कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेको छ । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक २४ मुलुकमा देखा परेको छ । नयाँ भेरियन्ट फैलिन थालेपछि विश्वका विभिन्न देशले उडान पनि बन्द गर्न थालेका छन् ।

यस्तै भारत सरकारले पनि नयाँ भेरियन्ट पत्ता लागेपछि अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । बुधबार भारतको नागरिक उड्डयन महानिर्देशनालयले एक सूचना जारी गर्दै सबै अन्तराष्ट्रिय उडान रोक्ने बताएको छ ।

सूचनामा भनिएको छ – ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ ।

अन्य समाचार | काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ९ दिनमा नै ३० देशमा फैलिइसकेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ‘ओमिक्रोन’ अमेरिका हुँदै छिमेकी राष्ट्र भारतमा समेत फैलिइसकेको छ । डेल्टा भेरियन्टकै कारण भारत र नेपाललगायतका देशहरुमा कोरोनाको दोस्रो लहर आएको थियो । सबै भन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ‘ओमिक्रोन’को पहिलो केस भेटिएको थियो । यस भाइरसको कुल ५३ म्युटेशन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेशन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया