समाचार

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

धादिङ, मंसिर २ गते । पृथ्वीराजमार्ग स्थित धादिङको थाँक्रे सिम्लेमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख ९६४६ नम्बरको बस आज बिहान पौने २ बजे सिम्लेमा आफै अनियन्त्रित भै दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाइ उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । बसका बस चालक फरार रहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुर्घटनाको कारण र बसको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । फाइल तस्बिर

Related Articles

Back to top button
Close