समाचार

चर्चित फोटो ग्राफर रविले आफ्नो घर पनि दुरुस्तै क्यामेराजस्तै बनाए, तस्विर भाइरल

काठमाडौं । क्यामेराजस्तो घर कहिल्यै देख्नु भएको छ ? भारतको कर्नाटकको बेलगाममा बस्ने रवि होंगलले आफ्नो घर क्यामेराजस्तै बनाएसँगै अहिले उनी मिडियामा भाइरल बनेका छन् । उनलाई अन्तरवार्ता दिन भ्याई नभ्याई भएको छ ।

बाल्यकालदेखि नै फोटोग्राफीमा औधी रुचि भएका यि फोटोग्राफरमा क्यामेराको लत यति बस्योकी उनले सपनामा पनि क्यामेरा जस्तै घर देख्न थाले ।

अन्तत उनले आफ्नो सपनाको घर वास्तविक जीवनमा नै पूरा गर्न सफल भएको छ । रविले आफ्नो क्यामेरा घरको नाम क्लिक राखेका छन् । उनले आफ्नो परिवारमा पनि क्यामेराका कम्पनीको नाम राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Related Articles

Back to top button
Close