रोचक

भुइँकटहर खानुका धेरै छन् फाइदा, तर, यि व्यक्तिले खाँदा ध्यान दिनु पर्ने

भुइँकटहर तपाईंलाई कतिको मन पर्छ रु यो खादा स्वादिष्ट मात्र हैन स्वास्थ्यको पनि फाईदाजनक हुन्छ । यो फल एक रोग हैन कैयौ रोगको औषधी झै हुन्छ ।

भुइँकटहरले ह्दयसम्बन्धी रोग तथा क्यान्सरजस्ता रोगबाट जोगाउँछ । भुइँकटहरमा पाइने म्याग्नेसियमका कारण हड्डी बलियो हुन्छ । भुइँकटहरले आँखाको क्षमता बढाउँछ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ जसले गर्दा रोगसँग लड्न मद्दत मिल्छ । भुइँकटहरमा सोडियम कम तथा पोटासियम बढी पाइन्छ, जसले गर्दा शरीरमा रक्तचाप सन्तुलित हुन्छ । भुइँकटहरमा पाइने केही इन्जाइमले पाचनसम्बन्धी समस्याबाट जोगाउँछन् ।

भुइँकटहरमा फाइबर, पोटासियम, फोस्फोरस, क्याल्सियम, भिटामिन सी आदि तत्व पाइन्छन् । भुइँकटहरमा प्रशस्त एन्टी अक्सिडेन्ट हुन्छ । यसले शरीरलाई आन्तरिक रूपमै शुद्ध गर्छ ।मधुमेहका बिरामी, मिर्गौलाका बिरामी तथा गर्भवती महिलाल भुइँकटहर खाँदा ख्याल पु¥याउनु पर्ने हुन्छ ।

Related Articles

Back to top button
Close