समाचार

२ घण्टा सम्म अस्पतालको पेटिमा गर्भवती प्रसव पिडाले चिच्याउँदै छटपटाउँदा पनि अस्पतालले भर्ना लिएन, यसरी सडकमै जन्मियो बच्चा२ घण्टा सम्म अस्पतालको पेटिमा गर्भवती प्रसव पिडाले चिच्याउँदै छटपटाउँदा पनि अस्पतालले भर्ना लिएन, यसरी सडकमै जन्मियो बच्चा

एजेन्सी । कोरोनाका कारण अहिले अन्य रोगका कारण धेरै मानिसले ज्यान गुमाएका छन् । नेपालमै गर्भावस्थामा ज्यान गुमाउने आमाहरुको संख्या पनि अन्य अवस्थामा भन्दा बढी छ । यस्तै अवस्था भारतमा पनि छ । कोरोनाका कारण अस्पतालले अन्य रोगका विरामीको पनि भर्ना लिन नमान्दा अनाहकमा ज्यान गुमाउनु परेको छ ।

कोरोनाको रिपोर्ट नआउँदा सम्म चिकित्सक विरामीको नजिक नै नपर्ने र उपचार समेत नहुने भएपछि अन्य रोगका कारण ज्यान जानेको संख्या बढेको हो । हालै यस्तै अवस्था दर्शाउने एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएकी गर्भवतीलाई अस्पतालले भर्ना लिएन । ति महिला प्रशव पीडाले २ घण्टा सम्म अस्पतालकै अगाडी चिच्याइरहिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भारतको राजस्तानस्थित बासवान्डा जिल्लाका कान्तुका पति मानसिंहले आफ्नी गर्भवती पत्निलाई लिएर अस्पताल लगेका थिए । तर उनको भर्ना नै लिइएन । उनका पतिले अस्पतालसँग गरेको लाखौँ विन्ती काम लागेन र गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका स्वास्थ्यकर्मीले उनको कुरा सुनेनन् । उनीहरुले स्वास्थ्य परिक्षण नै नगरी जिल्ला अस्पताल लैजान रेफर गरे ।

कान्तुलाई अस्पताल सम्म लैजाने अवस्था पनि थिएन । को स्वास्थ्य अवस्था बिग्रिदै गयो । सुत्केरी ब्यथाले च्यापेकी कान्तुले करिब २ घण्टासम्म चिच्याएपछि सडकमा नै वच्चालाई जन्म दिएकी छन् । घटना हो सोमबार रातीको हो । महिलाले सडकमै बच्चा जन्माएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत नपाएका उनका पति यता र उता भौतारिरहेका थिए । तर २ घण्टाको संघर्ष पछि उनकी पत्नीले प्राथमिक स्वास्थ केन्द्रको सडक पेटीमा शिशुलाई जन्म दिइन् । महिला यसरी पीडामा चिच्याइरहँदा त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मी रमिता हेरेर बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close