भिडियो

चितवन घटनामा छोराको मृत्यु पछि बुहारी रन्जनालाइ जेल सजाय र अस्ट्रेलिया पढ्न लागेको पैसा फिर्ता गर्नुपर्ने अदालतले आदेश दिएपछि छोरा रवीका बुवा भावुक हुँदै आए मिडियामा

काठमाण्डौ । ‘जीतेर पनि हामी हारेको महसुस भईरहेको छ । न्यायलयले हामीलाई महलम पट्टीको रुपमा काम गर्यो तर अपेक्षा अनुसारको न्याय भने भएन ।’ यो भनाई हो चितवन घटनाका रवी रुवालीका बुवाको । ठ्याक्कै एक वर्षपछि आजको दिन अदालतले रवीको पक्षमा फैसला त गर्यो तर मृतक रवीका बुवा र अन्य परिवारका सदस्यहरुको भने चित्त बुझेको छैन अदालतले गरेको फैसलामा ।

आजभन्दा एक वर्षअघि मंसिरको १० गतेका दिन चितवनको भण्डारामा रवी रुवालीले आफ्नै घरको आँगनमा देहत्याग गरेका थिए । रवीले रञ्जनालाई विबाह गरेका थिए । र तिनै रवीकी श्रीमती भनिएकी रञ्जनाकै कारण रवीले देहत्याग गरेको हो र रवीलाई देहत्याग गर्न रञ्जनाले बाध्य पारेको हो भनेर जिल्ला अदालत चितवनले आज रञ्जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

उनै मृतक रवीका बुवाले आज अदातलबाट भएको फैसलामा आफुलाई केवल चित्त बुझाउन परेको बताएका छन् । मृतक रवीका बुवाको भनाईमा उनीहरुले रञ्जनालाई घरकी छोरी नै मानेर पढ्नकोलागी अष्ट्रेलिया पठाएका थिए । र त्याहाँ गएपछि भने रञ्जनाको व्यवहारमा परिवर्तन आउन शुरु भएको उनले बताएका छन् । बुहारीको तिनै परिवर्तित व्यवहारकै कारण छोराले देहत्याग गर्न बाध्य भएको भन्ने आरोपलाई आज जिल्ला अदालतले सिद्ध गरिदिएको छ ।’**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मृतक रवीका बुवा भन्छन्,‘अदालतले आज छोरोका पक्षमा फैसलात गर्यो । जुन हामीलाई चित्त कति बुझयो या बुझेन त्यसको त के हिसाब र ? तर हामीले यो जुनीमा अब कहिल्यै छोरा भनेर बोलाउन पाउँदैनौं । तर आजको यो फैसलाले हाम्रो मरेको छोराको आत्मालाई थोरै भएपनि शान्ति दियो कि भन्ने आशा छ ।’ भन्दै भक्कानिए

आफुहरुले ५ वर्ष कै द हुनुपर्ने माग राखेको भएपनि अदालतले दिएको यो सजाय हामीलाई चित्तबुझ्दो छैन भन्दै अदालत प्रति गुनासो पोखे । रञ्जनाले रविको घरवाट अध्ययनका लागि खर्च गरेको रकम पनि फिर्ता पनि गर्नुपर्ने भएको छ । रविको बुवाले ५० लाख रुपैया लगानी गरेको दावी गरेका थिए तर अदालतले २१ लाख र त्यसमा लाग्ने ब्याज पनि तिर्नुपर्ने बताएका छन् । रविसंग विवाह भएपछि रञ्जना अष्ट्रेलिया पढ्न गएकी थिइन् । त्यती बेला अष्ट्रेलियामा पढ्न लाग्ने सबै खर्च रविको वुवाले गरेको बताएका छन् ।

परिवारको सल्लाहमा अष्ट्रेलिया गएकी रञ्जना त्यहाँ पुगेपछि परिवर्तन भएको रविको परिवारको आरोप छ । रञ्जनाले हेला गरेका कारण रविले देह त्याग गरेको आरोप लगाउँदै अदालत पुगेका थिए ।

Related Articles

Back to top button
Close