बुधबार १२ माघ २०७८

उदयपुर । उदयपुरमा कार्यरत एक प्रहरी जवानको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा परी घाइते जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान कृष्णकुमार महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

३३ वर्षीय जवान महतो मंसिर ३ गते जिप्रका उदयपुरबाट नियमित ड्युटीका लागि निस्कीएका थिए ।

सोही क्रममा घाइते भएका उनलाई तत्काल थप उपचारका लागि मोरङको बिराटनगर कन्चनबारीस्थित नोबेल हस्पीटल पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार घाइते जवान महतोको उपचारको आँठौ दिन मृत्यु भएको हो । शनिबार राती उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

२०४५ साल माघ २९ गते जन्मीएका महतो झन्डै एक दशकबढी समयदेखि नेपाल प्रहरीमा सेवारत थिए ।

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया