समाचार

मकै पोलेर छोराछोरी डाक्टर बनाउने महान आमा : जसको ‘मासिक कमाई ५० हजार’

काठमाडौं । आमा भन्दा माथिल्लो उपाधि र सम्मानित शब्द यो संसारका कुनैपनि प्राणीमा छैन । अझ मानिसमा त आमाको महिमा जति शब्दमा व्यक्त गर्न खोजेपनि अपुरो नै हुन्छ । हरेककी आमा योद्धा हुन् । उनले आफ्ना सन्तानका लागि कहिलै हार्न नहुने लडाई लड्नुपर्ने हुन्छ ।केही हामा यस्ता हुनुहुन्छ उहाँहरुको अतुलनीय प्रयासका कारण आफ्ना सन्तान देशको असल नागरिकसँगै उनीहरुको सफल जीवन बनाइदिन्छन् । हुन त सबैका आमाले सबैका लागि उत्तिकै गरेका हुन्छन् । तर कसैलाई अदम्मय शाहस र हिम्मत सृष्टिकर्ताले नै दिएको हुन्छ यसैले अरुको भन्दा भिन्न गरेर आफ्ना सन्तानलाई आफ्नो दुखबाट ह्वात्तै माथी उठाउँछन् ।सन्तानका लागि मात्र हैन आफ्नै देशमा केही सम्भावना छैन भन्नेका लागि उदाहरण बन्छन् । आज हामीले उल्लेख गर्न खोजेकी महामा आमा वीरगञ्जबासी हुनुहुन्छ । २०६६ सालमा वीरगञ्जबाट काठमाडौँ आएर मकै पोलेर बेच्ने काम शुरु गर्नुभएकी अलि मियाँले ११ वर्ष कै बीचमा १ छोरा र १ छोरीको लालनपालन, शिक्षादिक्षासँगै चन्द्रागिरीमा ४ आना जग्गा जोड्न सफल हुनुभएको छ ।

अब चाँडै घर ठडिदैछ । निरन्तर संघर्ष गर्दा सफल भइने रहेछ खिस्स हास्दै खुशीको बहार हामीसँगपनि पोख्नुहुन्छ । नेपालमा काम पाइएन, केही संभावना छैन भन्दै लाखौँ बैदेशिक रोजगारीका लागि विदेश पुगेकाहरुका लागिपनि यो उहाँको सफलता उदाहरण बन्नसक्छ यसैले हामी यहाँ प्रस्तुत गर्दैछौ ।
तर, हेर्दा सानो जस्तो लाग्ने काम गरेर पनि मनग्य आम्दानी गर्ने र आर्थिक उन्नती गर्नेहरु धेरै छन् भन्ने उदाहरण उहाँ आमापनि हो । त्यस्तै उन्नती गर्नेमा पर्नुहुन्छ अलि मियाँ । उहाँ मकै पोलेर बेच्ने काम गर्नुहुन्छ, त्यसैबाट मासिक ५० हजार रुपैयाँ कमाई भइरहेको छ । कुनै महिना त दोब्बरपनि हुन्छ ।

सफल बन्दै आउँनुभएकी अलि मियाँको जीवन भने अलि दुखद नै छ । २०६५ सालमा श्रीमानले छाडेपछि उहाँ एक्लो हुनुभयो । त्यतिबेला उहाँको १ छोरी र छोरा जन्मिसकेका थिए । श्रीमानले छाडे पछि गाउँमा नै केही गर्न सकिन्छ कि भनेर उहाँले प्रयास गर्नुभयो, तर भनेजस्तो भएन । उहाँ भन्नुहुन्छ –गाउँमा भनेजस्तो नभएपछि, छोरा छोरी पाल्न गाह्रो हुने देखियो । पढाउने आफ्नो दुखबाट पार लगाउने सपना यही बसेर पुरा हुन्छ जस्तो लागेन । त्यसैले २०६६ सालमा कुम्लो कुटुरो र छोरा छोरी बोकेर काठमाडौँ छिरे ।

काठमाडौँ आएसकेपछि सानोतिनो जागिरका लागि भेटेका र देखेका सबैलाई हारगुहार गरे, तर मेरा लागि कोही कसैले जागिर दिएन, अनि मैले मकै पोलेर बेच्ने विचार गरे र काठमाडौँको स्वीचाटारमा मकै पोलेर बेच्ने काम शुरु गरे । उहाँले सुनाउँदै जानुभयो –‘शुरुमा त मकै पोलेर गुजार चलाउन पनि धौ धौ भयो, तर हरेस खाइन । बिस्तारै आम्दानी बढ्न थालेपछि भने अहिले सजिलै छ ।’

दिनहरु बित्दै गए, उनले यो काम शुरु गरेको पनि ११ वर्ष भइसकेको छ । छोरा छोरी पनि हुर्किएका छन् । उहाँले मकै पोलेर कमाएको पैसाबाट छोराछोरीलाई बोर्डिङ स्कूल पढाउनुभएको छ । छोरीले स्कुलको (एसईई) सकाएकी छिन् ।छोराछोरीले स्कुल छुट्टी भएर आएपछि आमाको काममा सहयोग गर्छन्, उहाँले भन्नुभयो– बेलुका ८ बजेसम्म मकै बेच्ने काम गर्छु । अनिछोराछोरी सँगै घर जान्छौ । छोरी अहिले प्लस टु पढ्ने भएकी छन् । उनीहरुको डाक्टर बन्ने सपना छ । छोरीले साइन्स पढ्छु भनेर थालेकी छ । सायद पार लगाउछु होला उहाँले खुशी हुँदै भन्नुभयो ।

स्वीचाटारबाट उहाँले मकै पोल्ने काम थालेपछि हेर्दा हेर्दै जीवन परिवर्तन भइरहेको छ । अहिले भने उहाँ कंलकी चोकमा मकै पोलेर बेच्नुहुन्छ । उहाँ भन्नुहुन्छ –पहिले त धेरै गाह्रो थियो, अहिले अलि सजिलो छ । छोराछोरीलाई राम्रो शिक्षा दिएर ठूलो मान्छ बनाउने सपना बोकेकी छु । उहाँको छोरी १५ वर्ष र छोरो १६ वर्षका छन् । छोरी कक्षा १० (एसईई) सकाएकी छिन् र छोरा ९ कक्षामा पढ्दै छन् । उहाँले मकै पोलेर बेचेको पैसाले काठमाडौंको चन्द्रागिरीमा ४ आना जग्गा पनि जोड्नुभएको छ । अब त्यहाँ घर बनाउँने सपना छ ।

कस्तो छ उनको ब्यापार :
जाडो समयमा प्रति दिन २०० घोगासम्म मकै बिक्री हुुने गरेको उहाँ बताउनुहुन्छ । तर, गर्मी महिनामा भने उहाँको व्यापार त्यति हुँदैन् । उहाँ भन्नुहुन्छ ‘गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुन्छ ।’ अहिले उहाँको दैनिक आम्दानी दुई हजार हाराहारी हुन्छ । मकै कालीमाटी बजारबाट ल्याउने गरेको बताउनुहुन्छ, प्रति घोगा १० रुपैयामा खरिद गरेर त्यसलाई पोलेर २० रुपैयाँमा बेच्न पाइन्छ ।

छोरा छोरी साना हुँदा अलि गाह्रो थियो, बिहान जाडोमा गएर मकै ल्याउँदा दुःख हुन्थ्यो, अहिले त बच्चा पनि हुर्किए, अब त्यति दुःख छैन उहाँले भन्नुभयो । विदेशमा गएर तातो घाममा कडा संघर्ष गर्नु भन्दा जति दुःख भएपनि आफ्नै देशमा काम गर्दा आनन्द आउने गरेको उहाँको अनुभव छ ।

Related Articles

Back to top button
Close