समाचार

नयाँ मोटरसाइकल पास गरेर घर फर्कदा दुर्घटना, दाजुभाईको अस्पताल पनि पुग्न नपाई निधन

काठमाडौ । बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठो क्किँ दा दुई दाजुभाईको निधन भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा पुल नजिकै रोकेको ट्रकमा मोटरसाइकल ठ क्क र खाँदा दाजुभाईको निधन भएको हो ।

बुधबार राति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल ठो क्कि एको प्रहरीले जनाएको छ । दुर्घटनामा निधन हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ का २२ वर्षीय आशीष थारु र १९ वर्षीय दिपेश थारु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइेत भएका दाजुभाईको उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज लैजाँदै गर्दा निधन भएको हो । दाजुभाई अस्पतालमा समेत पुग्न पाएनन् । नयाँ मोटरसाइकल किनेर पास गरेर घरतर्फ फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीका अनुसार मोटरसाइकल दाजु आशीषले चलाएका थिए। फाइल तस्बिर

Related Articles

Back to top button
Close