भिडियो

अविवाहित महिला गर्भवती भइन्, युट्युव हेरेर बच्चा जन्माउन खोज्दा आमा बच्चा दुुवैको गयो ज्यान (भिडियो हेर्नुहोस्)

गर्भावस्था लुकाएर लुक्ने कुरा होइन । हाम्रो समाजमा अविवाहित महिला गर्भवती हुनु समाजले राम्रो भन्दैन । उनी गर्भवती हुने वित्तिकै तमाम प्रश्नहरुको जवाफ समाजले खोज्छ । यस्तै घटना भारतमा भएको छ ।

हिन्दुस्तान टाइम्समा छापिएको समाचार अनुसार, भारत उत्तर प्रदेशको गोरखपुरमा एक २६ बर्षिया अविवाहित गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोजेकी थिईन ।

उनको यस्तो प्रयास सफल भने भएन । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको ज्यान गएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुत्केरी गराउन चाहिने सामाग्री प्रयोग गरिएको भए त्यो सफल भएन । बहराइच जिल्लाकी ती महिला घटनाको चार दिन अघि मात्र उक्त घरमा बस्न गएको घरधनी रवी उपाध्यायले बताए ।

यो घटनाको जानकारी त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले एक कोठाको ढोकाबाट र ग त बाहिर निस्किरहेको देखे र प्रहरीलाई खबर गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भ प त न गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भ प त न गराउन द वा व दिएका थिए । प्रहरीका अनुसार त ना व मा आएर महिलाले गर्भ पा त गराउन चाहिन् ।

गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको ज्यान गयो ।

प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको थियो जहाँ कसरी घरमै सफल डेलिभरी गराउने भन्ने बारेको भिडियो चलिरहेको थियो ।

Related Articles

Back to top button
Close