समाचार

भारतको आग्रामा कार दु’र्घटना हुँदा दिल्लीवाट सुनौली आउन लागेका ३ नेपालीको नि’धन

काठमाडौ । भारतको नयाँ दिल्लीवाट सुनौली आउँदै गरेका नेपालीको सडक दुर्घटनामा परी निधन भएको छ । दुर्घटना भारतको आग्रामा भएको हो । मंगलबार राति आग्रा एक्सप्रेस वेमा नेपाली चढेको कार ट्रकसँग ठ’क्क र खाएको थियो । दुर्घटनामा ३ जनाको निधन भएको हो ।

निधन भएका एक जनाको मात्र पहिचान खुलेको र अन्य दुई जनाको खुलेको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा निधन भएको हो । नमस्ते सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले घटनावारे जानकारी दिएका हुन् ।

सात जना सवार उक्त कारमा रहेका अन्य चार जना भने घाइते भएको र धाइतेमध्ये दुई जनाको दिल्ली र दुई जनाको स्थानीय कृष्ण अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्य पनि एक जनाको अवस्था गम्भिर रहेको खत्रीले जानकारी दिए।

Related Articles

Back to top button
Close