समाचार

चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृको घाँटीको सिक्रि तानेपछि….

काठमाडौ । बाँकेमा स्कूटरमा गइरहेकी महिला नेतृ माथि आ’ क्र ‘मण भएको छ । नेपाली काङ्ग्रेस बाँकेकी युवा नेतृ तथा महिला संघ कोहलपुर नगरकी कोषाध्यक्ष दिपा बस्नेत माथि भएको हो । स्कूटरमा कोहलपुर तर्फ गइरहेको बेलामा उनलाई मोटरसाइकलमा आएका युवाहरुले यो घटना घटाएका थिए ।

सोमवार नेपालगन्ज देखि कोहलपुर जाने क्रममा साँझ पख जानकी गाउँपालिकाको गनापुरमा पर्ने पिप्रहवा नजिक उनी माथि अ ज्ञात युवाहरुले आ’ क्र’मण गरेको प्रहरी समक्ष उनले बताएकी छन् ।

चल्दा, चल्दै गरेको स्कुटीलाई पछ्याउँदै मोटरसाईकलमा आएका दुई जनाले घाँ’ टीको सि’क्रि ता न्दा स्कुटी प’ल्टे’को युवतीले बताएकी छन् । चल्दा चल्दैको स्कुटर प’ल्टे’का कारण उनलाई चो’ट लागेको छ । उनको खुट्टा भां’चि’एको भएको छ भने अनुहारमा समेत चो’ट लागेको छ । यस बारे प्रहरीले घटनाको बिषयमा छानविन गरिरहेको बताएको छ । तस्बिर असल शाशन

त्यस्तै चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्पत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

Related Articles

Back to top button
Close