मनोरंजन

हास्यब्यंग्य कलाकार हरिवंश आचार्यको आज जन्मदिन, कति वर्ष पुगे ?

नेपालि हास्यब्यंग्य क्षेत्रका एक सफल हास्य कलाकार हरिवंश आचार्यको आज ६३ औ जन्म दिन परेको छ । बि स २०१४ कार्तिक २७ गते काठमाडौँको गैरीधारामा पिता होमंजय आचार्य र माता गणेशकुमारी आचार्यको कोखबाट जन्मिएका बहु प्रतिभाका धनि हरिवंश नायक, गायक, लेखक साथै लेखक पनि हुन् । बि स २०४० सालमा मिरा आचार्य संग बिबाह बन्धनमा बाधिएका उनको दुइ सन्तान छन् ।

यतिबेला सामाजिक संजालमा उनलाई शुभकामना दिने शुभचिन्तकहरुको निकै ओइरो देख्न सकिन्छ । केही समयअघि उनलाई कोरोना पोजेटिभ भएको थियो । होम आईसोलेसनमा बसेका उनी र उनको श्रीमती दुबैजना यतिबेला संक्रमण मुक्त भैसकेका छन् । नेपाली हास्यकलामा निकै लामो संघर्ष पछि लोकप्रिय बनेका मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्य ‘मह जोडी’ नामले चिनिन्छन ।

धेरै थिएटर कार्यक्रम, रेडियो, टेलिभिजन कार्यक्रम गरिसकेका उनले धेरै नेपाली फिल्ममा अभिनय समेत गरेका छन् । गित लेखनमा पनि उतिकै सक्रिय उनका एक दर्जन बढी म्युजिक एल्बम छन् । विभिन्न राष्ट्रिय आवार्ड तथा सम्मानबाट सम्मानित उनि पछिल्लो समय चलचित्र निर्माणमा पनि सक्रिय बनिरहेका छन् । विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रहने हास्यकलाकार हरिवंश आचार्यलाइ हाम्रो तर्फबाट पनि जन्म दिनको शुभकामना ।

Related Articles

Back to top button
Close