समाचार

काठमाडौं उपत्यकामा फेरी कडा लकडाउन गर्ने तयारी

कोरोना भाइरस ( कोभिड – १९) नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लामो समय लकडाउन गरेर खुल्ला गरेपछि उपत्यका बासीको जनजीवन सामान्य बन्दै गइरहेको बेला तिहार पछि पुन लकडाउन गर्ने प्रस्ताव अघि बढाइएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ लाख नाघेको छ । पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमित उपत्यकामा भेटिएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो।छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ।

Related Articles

Back to top button
Close