समाचार

काठमाडौं आउँदै गरेको बसको डिकि चाँज गर्दा प्रहरीले जे फेला पार्यो, सबैको होस उडायो

काठमाडौं । तिहारको मुखैंमा यात्रुबसमा ल्याएको ५९,९०० थान प’टाकासहित एकजना पक्राउ परेका छन् । मंगलबार बिहान अन्दाजी ५ बजेको समयमा काठमाडौं, चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले प’टाकासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

सर्लाही जिल्लाको मंलङ्गवाबाट काठमाडौं आउँदै गरेको ना ५ख २७७० नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसको पछाडिको डिकिमा सेतो ४ वटा बोरामा लुकाई छिपाई ल्याएको प”टाका जम्मा ५४,६०० थान बीग लेखिएको पदार्थ प’टाका जम्मा ३० थान र रोल कप्स लेखिएको पदार्थ ५००० रोल नियन्त्रणमा लिएको हो ।

उक्त पटका ओसारपसार गर्ने सोही यात्रुवाहक बसका सहचालक सर्लाही बरहथवा नगरपालिका–३ घर भएका २४ वर्षीय बिक्रम शेख पक्राउ परेका हुन् । बरामद गरीएको पटकाको अबैध बजार मुल्य अनुमानित रू ३ लाख रहेको थानकोट प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close