बुधबार १२ माघ २०७८

काठमाडौं । एमाले महाधिवेशनको असर कपिलवस्तुको विद्यालयमा अध्यानरत विद्यार्थीहरुको पढाईमा परेको छ ।

चितवनमा जारी एमालेको दशौं महाधिवेशनका लागि शिक्षकहरु गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द भएको छ ।

विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीयको भनाई छ ।

विजयनगरस्थित गुगौलीको दुधधारी मावि, भटनी प्रेमनगरको हरिबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मावि, डालपुरको शिव मावि, जगदीशपुरको भुवनेश्वरी माविलगायतका विद्यालय बन्द भएको छ ।

विजयनगरका स्थानीय तेजप्रसाद पौडेलले विद्यालयमा परीक्षा सञ्चालन भइरहेको समयमा विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको बताए ।

५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया