मंगलबार ०२ कार्तिक २०७८

दृष्टिबिहिन पढ्ने बिद्यालय गएको पहिलो अनुभव थियो बिजय कुमारलाई ,बिद्यालय थियो पुर्वाञ्चल ज्ञानचक्षु बिद्यालय,धरान ।त्यश बिद्यालय भित्र बिद्यार्थीको क्रियाकलापबाट निकै नै मत्रमुग्द भए बिजय ।भकुण्डो अनि भकुण्डो बिहिर प्लास्टिक अनि त्यहि प्लास्टिकको आवाजले भकुणडोतिर दौडिदै गरेका बिद्यार्थीहरु देखेर झस्याङ्क समेत भएका थिए विजय ।

अप्ठ्यारो परिस्थितिमा पनि जे जति हुन्छ आफैमा सन्तुष्ट मानेर रमाउने कोसिस गरिरहेका थिए ।त्यतिकै एकजना बिद्यार्थीसग भेट भयो ती थिए रमेश प्रसाईं जस्को अहिले नामले मात्रै पनि विश्व काप्ने गर्छ ।तिनै रमेशलाई पहिलोपटक देखेका विजय उनको शारिरक दुर्बलता देखेर झस्याङ्ग भए,नहुन पनि किन ।विजय रमेशलाई हेर्दे गर्दा भावुक समेत भएका थिए ।

रमेश त्यतिबेला पनि एक्दमै अब्बल छात्रमा गनिन्थे त्यति मात्रै हैन उनको रुचि साहित्यमा पनि एकदमै बढि थियो ।बिजयसगको पहिलो भेटमा रमेशले आफैले रचेको कविता समेत सुनाए ।त्यतिमात्रै हैन नेपाली साहित्यमा पिएचडि समेत गर्ने जिकिर गरेका थिए ।

२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया