भिडियो

सानै उमेरमा विवाह गरेकी रक्षा श्रेष्ठका श्रीमान् को हुन् ? गर्भवती भएपछि छोडिन् सबै काम (भिडियो हेर्नुस्)

काठमाडौ । हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ विवाहित हुन् भन्ने कल्पना सायदै कसैले गरेका होलान् । तर उनी गर्भवती भएकी छन् । जसका कारण उनले गर्दै आएका कार्यक्रम पनि छोडेकी छन् ।

तर टेलिसिरियलमा जिग्रीको जोडीका रुपमा उनी निकै जमेकी छन् । उनको श्रीमान्का बारेमा धेरै कुरा भने बाहिर आएका छैनन् । उनले श्रीमानको नामको ट्याटु पनि बनाएकी छन् ।

हाल उनी रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागी भएकी थिइन् । तर गर्भवती भएकै कारण उनी सो बाट बाहिरिएको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ ।

सिरियलमा हाँस्य कलाकारको भूमिका निमाउने रक्षाको मन निकै कोमल छ । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।

फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई । उनको अर्को सौख छ, पिकनिक जाने । पिकनिकमा उलाई निकै रमाइलो लाग्छ । तर, तीन वर्षदेखि पिक्निक जान नपाएको सुनाइन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्त्रिmप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।

Related Articles

Back to top button
Close