समाचार

चिकेन भन्दै कागको बिरयानी बेचेपछि…..

भारतीय सिनेमा रन हेर्नु भएको छ भने त्यहाँ एक कमेडी छ । विजयराज नामका कमेडी कलाकार जब विरयानी खान जान्छन्, उनले पाँच रुपैयाँमै बिरयानी खान पाउँछन् । जब उनी बिरयानी खाएर हिड्छन् उनलाई बाडुली लाग्छ ।

उनको बाडुलीमा काग कराएजस्तो आवाज आएपछि उनले एक्लाई सोध्छन् अनि थाहा हुन्छ उनले त चिकेन भनेर कागको पो बिरयानी खाएका रहेछन् । सायद यहि फिल्मबाट प्रभावित भएर होला भारतमा केहीले कागको बिरयानी बेचेका छन् ।

भारतको तामिल नाडुमा चिकेन बिरयानी भन्दै कागको बिरयानी बेच्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मन्दीरको वरपर ठेलामा पसल गर्ने दुई जनाले चिकेन बिरयानी, चिकेन कबाब, चिकेन ललिपप सस्तोमा बेच्दै आएका थिए ।

अनुसन्धानका क्रममा उनीहरुले कागको मासु हालेर चिकेन भन्ने गरेको तथ्य फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।मन्दीरमा कागहरु म र्न थालेपछि स्थानीयहरु चकित बनेका थिए । ती कागहरु ती दुई व्यक्तिले नै मा रे को प्रहरीले बताएका छन् ।

Related Articles

Back to top button
Close