समाचार

नेपाली चेलीको सफलता : कोरियामै पिएचडी, मन्त्रालयको उच्च अधिकारी, दर्जनौँ नेपालीलाई रोजगारी दिने व्यवसायी

काठमाडौ । आज हामी नेपालीको सफलता विश्वभरी नै सगरमाथाको उचाई बराबर चुलिएको सफलताको कथा प्रस्तुत गर्दैछौ । नेपालीहरु विश्वभरी साधारण मजदुरको रुपमा मात्र कार्यरत छैनन् । विश्वकै प्रतिष्ठित पदमा पनि पुगेका छन् । विश्वका कयौँ देशका उच्च अधिकारीको रुपमा आफुलाई पुर्याउन सफल नेपाली छोरी आस्था बिन्दु मल्लको बारेमा आज हामी यो सामाग्री प्रस्तुत गर्दैछौ ।

जो दक्षिण कोरियाको प्रतिष्ठित योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा बिद्याबारिधी गरेर लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्र्तगत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भूमिकामा कार्यरत उनको सफलताको कुरा गर्दैछौ ।

यतिमात्र हैन उनी कोरियाको चर्चित व्यबसायी हो । दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्छिन भने दुई दर्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् । हाम्रो भेटमा उहाँ एकदमै सरल र साधारण व्यक्तित्व भएको पयौँ । कुराकानीको सुरुवातमा उनी भन्छिन् ।

म सर्बप्रथम आफनै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिए अनी बन्दथे । मलार्ई यो फलानोको यो हो त्यो हो मा मात्र सिमित हुँन मन थिएन। बिश्वका ती प्रख्यात महिलाहरु रुबी एम. गोर्डिन, एलिन डिभो, सेलिअ विलिमसन, टिजिअना डिअरिङ्ग आदी ले आफनो समुदाय, क्षेत्र अनी राष्ट्रप्रति गरेका सम्मानित कार्यबाट उनीहरुको उचाईको चर्चा सँगै म उनीहरु बन्न नसकेनी बन्ने कोसिश गर्नु पर्छ भन्ने सपना पालीरहेकी हुन्छु तर सफलताको त्यो सपनालाई प्राप्त गरेकी छैन सायद सफलता उचाइमा नै हुन्छ होला त्यसलाई चुम्न म हरेश कहिल्यै खान्न र खान पनि नपरोस। यसैले म लम्किरहेकी छु ।

आज भन्दा ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी बिन्दु मल्ल तनहुँमा कहलीएका दुर्गा बहादुर मल्ल ठकुरी खानदानभित्रकी एक्ली सन्तान थिईन । उनको परिवारभित्र उनी छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाईन कुनै कुरामा परिबन्द र घेरा तोकिएन अनी यो ठिक त्यो बेठिक भन्ने बर्गिकरण गरिएन । जे राम्रो लाग्छ त्यो गर्न उनलाई स्वतन्त्रता थियो जसले गर्दा बिन्दु मल्लमा मात्र सिमित उनी, बाबामामुले आशा र भरोसा गदै देशको लागि पनि केहि गरेस भन्ने आशीस सहित आस्था बिन्दु मल्ल बाट परिचित हुँन पुगिन ।

जेभिएर एकेडेमीबाट बिज्ञानमा स्नातक एवं त्रिभुबन बिश्वबिद्यालयबाट बाताबरण बिज्ञानमा स्नाकोत्तर गरेपछि जे जे भोग्नुपर्छ म तयार छु एकाएक मैले आफनो दिमागलाई एकै चौटी ३६० डिग्रीमा घुमाए अनी रोजे कुनै बेला नेपालले केहि खाद्य सहयोग गरेको देश दक्षिण कोरिया, सउलको कफी टेम्पल क्याफेको अफोगेटो कफीको स्वादमा उनले जिबनका टर्निङ्ग प्वईन्टलाई ब्याख्या गरिरहँदा बिख्यात साहित्यकारले लेखेर तहल्कै मच्चाएको नोभेल्समा रहेका पात्रको कहानी भन्दा कम थिएन त्यो कथा जुन जो कोहीको लागि प्रेरणा हुँन सक्दथ्यो ।

अ मैले भन्नै भुले एउटा नेपाली उखान छ नी म “ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” त्यस्तै गरेर आफनै कुलकुटुम्ब भित्रको जीबनसाथी रोज्नुपर्छ भन्ने बिचारलाई लात मारिदिए र अन्र्तरजातिए प्रेममा परे अनी सोचे परिबर्र्र्तन मैले गर्ने हो यसलाई यथार्थमा बदल्नै पर्छ भन्दै त्यो प्रेमलाई बिबाहमा सन् २००४ मा परिणत गरे सायद मेरो यो निर्णयबाट बाबामामुको मन साह्रै दुखेको थियो यसमा बिस्तारै परिबर्तन गरी छाड्य उनी निधक्क भन्दै थिईन ।

किताबी ज्ञान जती नै होस त्यो अपुग नै हुँदो रहेछ जब दक्षिण कोरियाको ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा झरेपछि आफुले आफैलाई प्रश्न गरे अवसरको प्रचुर सम्भाबना भएको देशमा केहि नदेखेर ठुलो जेटको शयर गर्न मरिहत्ते गरेपछि अब आफुलाई जिरोबाट काउन्ट गर्नै पर्छ न त स्नातक न त स्नाकोत्तर । कोरियाको ईह्वा वुमन्स युनिभर्र्सिटीबाट जब ईन्जिनियररिङ्ग कोर्ष सफलताका साथ सम्पन्न गरेपछि बल्ल सम्झिए संघर्ष बिनाको जीबन के जीबन ?

एउटा हाते ब्याग अनी लगेजमा आफना केहि लत्ताकपडा र मामुले बनाईदिएको कोशेली बाहेक सबै मैले केहि गर्नुपर्छ भन्ने बजनदार भारी थियो त्यो लगेजमा, मामुले बनाएको कोशेली सक्कीसक्दा तिनै केहि गर्नुपर्छ भन्ने बजनदार भारी बढीरहेका थिए । सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेर अगाडी बढे तब सम्म म आमा बनीसकेकी थिए ।

दक्षिण कोरियाको प्रतिष्ठीत योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा बिद्याबारिधीको अन्तिम चरणमा रहेकी आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्र्तगत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भुमिकामा कार्यरत रहँनु पक्कै सानो कुरो थिएन।

उनी थप्छीन पाईलट प्रोजेक्टको रुपमा कोरिया बाताबरण कर्र्पोरेशन संस्थाका माध्यमबाट नेपाललाई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौतामा नेपालका जनसंङख्या तथा बाताबरण मन्त्रालयका सचिब बिश्वनाथ ओली र संस्थाका प्रमुख बिच हस्ताक्षर गराउँन म सफल भए यो सुरुवात हो भोलीका दिनमा देश प्रतिको मेरो जिम्मेबार अझ बढी हुनेछ ।

हाल दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्छिन भने दुई दर्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् ।

अन्त्यमा त्यो अफोगेटो कफिको कपलाई रित्याउँदै सोधे धेरैले भन्दछन् देशलाई माया गर्छु यो त्यो सब बहानाबाजीका रेडीमेड जवाफ जीबन सफल भयो यत्तिमा आत्मसन्तुष्टी लिनुहोस् अह् उनी मान्नेवाला थिईनन् म जती सम्पन्न किन न हुँ म नेपाली भनेर चिनीनुलाई गर्बिलो ठानेर छाती फुलाउँनुलाई खुसी मान्दीन । पासपोर्र्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शयर गर्र्र्र्दैमा आत्मसन्तुष्टी मलाई हुँदैन भोलीका दिन देशप्रति मैले मेरो जिम्मेबार कुशलतका पूर्र्बक निर्वाह गर्न सके भने मात्र म पक्का नेपाली नत्र के नेपाली ?

Related Articles

Back to top button
Close