समाचार

तिहारको मुखमा मोटरसाइकल दुर्घटनामा परि २ युवक र एक युवतीको मृत्यु

काठमाडौं महानगरपालिका–४ धुम्बराही चोकमा बा.९४ प ५३१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति दुर्घटना हुँदा बैतडी महारुद्र घर भएका ३३ वर्षीय भरत बहादुर चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

त्यस्तै इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को ३९ प ९०७० नम्बरको स्कुर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा युनिका बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालक बर्ष १३ का युनिक बुढाथोकी सामान्य घाइते भएका छन् ।

स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा टाउकोमा चोट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । स्कुटर चालकको विराटनगरमा उपचार भईरहेको छ ।

त्यस्तै करेन्ट लागेर पुर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय सुकबहादुर पाख्रिन रहेका छन् । कालिका नगरपालिका–६ खोलेसिमलमा पुरुषोत्तम कँडेलको घर बनाउने क्रममा बिजुलीको तारमा परी उनलाई करेन्ट लागेको हो । करेन्ट लागि घाइते उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते पाख्रिनलाई जोगाउने क्रममा स्थानीय अनीश श्रेष्ठ सामान्य घाइते भएका छन् ।

Related Articles

Back to top button
Close