आइतबार १९ मंसिर २०७८

बेलायत जाने प्रयास गरिरहेका कम्तिमा पनि २७ आप्रवासीको इंग्लिश च्यानलमा डुँगा डुब्दा मृत्यु भएको छ। यो दुर्घटना फ्रान्सको केले नजिक भएको थियो। इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले सन् २०१४ मा डेटा संकलन सुरु गरिएपछि उक्न क्षेत्रमा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुर्घटनाबाट आफू दु:खि भएको र बेलायतले मानव तस्करीको गिरोहलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। फ्रान्सका गृहन्त्री जेराल्ड डेगमनाले मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि रहेको बताएका छन्। जेराल्ड डेगमनाले दुई जनालाई बचाउन सफल भएको र एक जना अहिलेपनि हराइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

उनले चार जनालाई बेल्जियमको सीमा नजिकबाट पक्राउ गरिएको जनाएका छन्। बुधबार दिउँसो एक माछा मार्ने डुँगाले फ्रान्सको तटमा कयौं मानिसको शव देखेपछि अधिकारीहरुलाई सूचित गरेको थियो। फ्रान्स र बेलायतका अधिकारी इंग्लिश च्यानलमा हवाई र समुद्री बाटोको माध्यमबाट उद्धार अभियान चलाइरहेका छन्।

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त मग्डलेनाद्वारा केही घण्टामै राजीनामा

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिइन ।यान्डरसन हिजो प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन। तर उनको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिएकी हुन।

यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेको छैन । ग्रीन्सले उग्र दक्षिणपन्थीसँग मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिस गर्ने बताईन। स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीया सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएकी थिइन । संसद्का ३४९ जना सांसद् मध्ये १७४ ले उहाँको विपक्षमा मत खसालेका थिए ।

उनलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए ।
सांकेतिक तस्विर /

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया