आइतबार १९ मंसिर २०७८

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा मानवको जस्तो देखिने कंकाल फेला परेको छ। प्रहरीले ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानवको जस्तो देखिने कंकाल फेला परेको जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार वनभित्र रहेको ३ फिट गोलाइ भएको लप्सीको फेद नजिकै ५ फिट ६ इन्चको मानव कंकाल फेला परेको हो।

घटनास्थलसहितको लास जाँजको क्रममा लप्सीको रुखको हाँगामा जुटको डो’रीको पा’सो चुँडि’एको अवस्थामा रहेको फेला परेको प्रहरीले जनाएको छ। लासको पो ष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अन्य समाचार | काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया