आइतबार १९ मंसिर २०७८

एजेन्सी । टेलिभिजन कार्यक्रम द कपिल शर्मा शो भारत लगायत विभिन्न मुलुकमा निकै प्रशिद्ध छ । बलिउड कलाकारहरु फिल्मको प्रमोशनका लागि त्यहाँ जान मन पराउँछन् । यो पटक भने आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीले अनौठो घटना सामना गर्न पर्यो । उनी शो मा सहभागी नभई रिसाएर फर्किएकी छन् ।

उनलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री कार्यक्रममा प्रवेश नगरीकनै फर्किइन् । उनी यो शोमार्फत् आफ्नो किताबबारे कुरा गर्ने तयारीमा थिइन् ।

जब कपिल र उनको प्रोडक्सनका टीमलाई यो कुरा थाहा भयो तब हल्लाखल्ला मच्चियो । त्यसपछि प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्न असाध्यै धेरै कोसिस गर्यो तर अन्ततः कार्यक्रम नै रद्द गर्नुपर्यो । त्यसपछि ठूलो संख्यामा प्रहरी बल त्यहाँ पुग्यो र कपिलको प्रोडक्सन टीमबाट निकै बेरसम्म कुराकानी चल्यो । जब कुरा हुन सकेन, तब प्रोडक्सन टीमले सेटसँग सम्बन्धित मानिसलाई घर जान भने ।

स्रोतका अनुसार केन्द्रीय मन्त्री उनका ड्राइभर र दुई जनाको समूहमा शो का लागि बेलुकी कपिल शर्माको सेटमा पुगेकी थिइन् । प्रवेश द्वारमा त्यहाँका सुरक्षाकर्मी अन्नाले उनलाई पहिचान गर्न सकेनन् र उनलाई प्रवेश गर्न दिएनन् । स्मृतिले ती सुरक्षाकर्मीलाई आफूलाई सेटमा एपिसोडको लागि निम्तो दिइएको बताइन् । यसबारे सुरक्षाकर्मीले भने, ‘हामीले कुनै आदेश पाएका छैनौं । माफ गर्नुहोस् म्याडम, तपाईं भित्र जान पाउनुहुन्नँ ।’

स्मृति निकै बेरसम्म सुरक्षाकर्मीलाई सम्झाउने कोसिस गर्छिन् तर उनी कसैगरी मानेनन् । त्यति नै बेला जोमेटोका खाना लिएर एक व्यक्ति आए । सुरक्षाकर्मीले उनलाई केही सोधपुछ बिना नै जान दिए । यसबारे केन्द्रीय मन्त्री असाध्यै रिसाइन् । जानकारीका अनुसार उनले निर्माताको समूह र कपिल शर्मालाई पनि फोन गरे तर कुरा हुन सकेन । अन्ततः रिसाएर स्मृति इरानी त्यसै फिर्ता भइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार जब सुरक्षाकर्मीलाई आफूले मन्त्रीलाई नै रोकेको भन्ने थाहा भयो तब उनी त्यहाँबाट भागे । उनले आफ्नो फोन पनि बन्द गरेका छन् । यता निर्माण पक्षले लगातार कोसिसपश्चात् पनि स्मृति इरानीलाई शो मा फर्कन आग्रह गरेपनि उनी मानिनन् ।

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया