आइतबार १९ मंसिर २०७८

काठमाडौं । नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठले चलचित्रहरु नबनेर खाली भएको समयमा म्यूजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् ।

यो जोडीलाई दर्शकले पनि मन पराईरहेका छन् । यो जोडी प्रेममा छन् कि भनेर शंका गर्नेहरु पनि धेरै छन् ।

कतिपय फ्यानहरुले त यो जोडीले बिवाह नै गरोस् भन्ने चाहना समेत व्यक्त गर्ने गरेका छन् । यसै क्रममा निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरिरहेको एक म्यूजिक भिडियोको लोकेशनमा नै पत्रकारहरु पुगेका थिए ।

सोही क्रममा पुजा र आकाशसँग हामीले प्रेम सम्बन्ध बारे केहि प्रश्न

उक्त कुराकानी यहाँ हेर्नुहोस्ः

नवौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सोमबारबाट सुरु भएको छ । कोरोनाको सँक्रमण अझै जारी रहेका कारण बिगतको वर्ष जस्तो यो वर्ष पनि यस फिल्म महोत्सबलाई भच्र्युअल रुपमा अनलाईनबाट सुरु गरिएको आयोजक पक्षले जनाएको छ ।

केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको छ । कोभिड–१९ को कारण बदलिएको परिस्थितीलाई मध्यनजर गर्दै नवौं नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव अनलाईनको माध्ययमबाट सुरु गरिएको पनि आयोजक पक्षले बताएको छ ।

६ मंसिरबाट सुरु भएको यो महोत्सब ९सम्म हुने पनि आयोजक पक्षले जनाएको छ । यो महोत्सबमा यसपटक २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र चलचित्रहरु देखाइने छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनको लागि छनोट गरिएको हो ।

यस महोत्सवमा चयन भएका चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट मार्फत प्रत्यक्ष प्रदर्शन गरिएको छ । महोत्सव सुरुभएको दिन देखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने ब्यबस्था आयोजक पक्षले मिलाएको छ ।

महोत्सबको पहिलो दिन सोमबार ९ वटा लामा छोटा फिल्म प्रदर्शन गरिएको छ । यो फिल्म अनलाईन मार्फत मँगलबार बिहानसम्म हेर्न पाईने छ । त्यसपछि बुधबारको सुचीमा परेका फिल्मको प्रदर्शनी सुरु हुने छ ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया