भिडियो

अन्तरवार्तामै भक्कानिइन् मिना ढकाल, आइसियुमा उपचारार्थ मनोजलाई भेट्न जान पाइन भन्दै आफुलाई सम्हाल्न सकिनन् (भिडियो हेर्नुस्)

काठमाडौ । कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आइरहेको उनको परिवारका सदस्यले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुले पनि परिवारको अनुमति विना उनको स्वास्थ्यका बारेमा भन्न नमिले पनि उल्लेख्य सुधार आएको जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएर घरमा आइसोलेसनमा बसेका गजुरेललाई स्वास्थ्यमा समस्या आएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो । स्वास प्रश्वासमा समस्या भएपछि आइसियुमा उपचार गराइएको र अवस्था गम्भिर भन्दै समाचार वाहिरिएपछि परिवारका सदस्यले उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । साथै मनोजले पनि सामाजिक सञ्जाल फेसवुक मार्फत आफुलाई अहिले निकै सहज महशुष भएको बताएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मनोजको स्वास्थ्य अवस्था गम्भिर भएको जानकारी पाएपछि उनको पूर्वपत्नी मीना ढकालले पनि स्वास्थ्य लाभको कामना गर्दै भावुक स्टाटस लेखेकी थिइन् । उनले अहिले पनि मनोजको स्वास्थ्यका बारेमा जानकारी लिइरहेको र उनलाई भेट्न जान चाहेको बताएकी छन् ।

सम्बन्ध विच्छेद भएर ३ वर्ष देखि अलग बसेकी मीनाले मनोजको स्वास्थ्य अवस्था विग्रिएको बारेमा सुनेपछि आफुलाई अहिले पनि उनको उत्तिकै माया लाग्ने बताएकी छन् ।

भिडियो अन्तरवार्तामा पनि उनले २३ वर्ष लामो सहयात्राका क्रममा मनोजका विषयमा धेरै सम्झना आफ्नो मनमा रहेकाले त्यो चाहेर पनि विर्सन नसकिने बताएकी छन् । यति भनिरहँदा उनी निकै भावुक देखिन्छिन् । अहिले पनि मनोजको फेसवुक हेरिरहने र उनको गतिविधिका बारेमा चासो लाग्ने गरेको उनको भनाई छ ।

कोरोना पुष्टि भएपछि ९ दिनसम्म पनि मनोजको कुनै स्टाटस फेसवुकमा नदेख्दा आफुलाई निकै चिन्ता लागेको र उनको स्वास्थ्य विग्रिएको हुनसक्ने अनुमान गरेको बताएकी छन् ।

Related Articles

Back to top button
Close