अन्तरास्ट्रिय

निर्वाचन हारे पछि ट्रम्पको परिवारमा पनि गम्भिर विवाद, श्रीमति भन्छिन् ह्वाइट हाउस छोडौं, छोराहरु भन्छन् विद्रोह गरौं

एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचन पछि आएको परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारमा पनि विवाद सिर्जना गरेको छ । उनको श्रीमतिले डिभोर्स दिन सक्ने अनुमान डेलिमेलले गरेको छ । अब फेरी निर्वाचनको परिणाम स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा पनि मतभेद सिर्जना गरेको छ ।

नोभेम्बेर ३ मा भएको राष्ट्रपति निर्वाचनको अनौपचारिक मत परिणाम नआएको भएपनि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भइसकेको भन्दै वधाई पाइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म चुनावमा आफ्नो हार भएको स्वीकारेका छैनन्। उनको आरोप छ(हुलाकबाट पठाइएको मतपत्रमा व्यापक धाँधली भयो र चुनावी परिणाम आफूबाट खोसियो। ट्रम्पको परिवारमा पनि परिणाम स्वीकार गर्ने नगर्ने भन्ने विषयमा मतभेद उब्जिएको छ ।

ट्रम्पका वकिलहरुले धाँधली भएको दावी गर्दै विभिन्न राज्यमा मु द्दा हालेका छन्। अमेरिकी टेलिभिजन च्यानल केबल न्युज नेटवर्क (सिएनएन) ले स्रोतलाई उद्धृत गर्दै ट्रम्प पत्नी मेलानिया र ज्वाइँ जरेड कुसनरले छुट्टाछुट्टै भेटेर ट्रम्पलाई ह्वाइट हाउस छोड्ने तयारी गर्न भनेको समाचार प्रकाशित गरेको छ।

ट्रम्पका दुई छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले भने कुनै पनि हालतमा हार स्वीकार्न नहुने सुझाव ट्रम्पलाई दिएका छन् । रिपब्लिकन पार्टीमा रहेका ट्रम्पका सहयात्री र आम समर्थकले सार्वजनिक रूपमा चुनावी परिणाम अस्वीकार गर्नुपर्छ भन्दै उनीहरू लागिरहेका छन्।

मतपरिणाम सहजै स्वीकार्ने कि अस्वीकार गर्ने भन्नेमा रिपब्लिकन पार्टीभित्र पनि एक मत छैन। पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले वक्तव्य निकालेर चुनाव जितेकोमा बाइडेनलाई बधाई दिएका छन् भने राष्ट्रपति ट्रम्पले चुनावी परिणामलाई चुनौती दिन सक्ने पनि उल्लेख गरेका छन्।

Related Articles

Back to top button
Close