समाचार

आइसियुमा उपचार गराइएका मनोज गजुरेलका बारेमा चित्किसले दिए यस्तो जानकारी

काठमाडौ । चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका लागि बुधवार गजुरेललाई भर्ना गरिएको थियो ।

चिकित्सकले परिवारको अनुमति विना उनको स्वास्थ्य अवस्थाका बारेमा पुरै कुरा बाहिर ल्याउन नमिल्ने भएपनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका छन् । अस्पतालका प्रवक्ता डा। प्रवीण नेपालले केही दिनमै उनलाई अस्पतालवाट घर पठाउन सकिने बताएका छन् ।

मनोजका भाइ मोहन गजुरेलले पनि उनको स्वास्थ्यमा राम्रो सुधार आएको बताएका छन् । उनले लगातार गजुरेलसंग कुराकानी भइरहेको पनि जानकारी दिएका छन् । गजुरेल आफै पनि सामाजिक सञ्जाल फेसवुकमा स्टटास लेखेर आफुले सहज महशुष गरिरहेको बताएका थिए । उनको स्वास्थ्य गम्भिर अवस्थामा पुगेको भन्दै समाचार बाहिरिएपछि गजुरेलले आफु ठिक रहेको बताएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

स्वास्थ्यमा सुधार भए पनि उनलाई हाल आईसीयूमै राखेर उपचार भइरहेको छ। कात्तिक ११ गते उनलाई कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि पछि पनि घरमै आइसोलेसनमा बसेका गजुरेल स्वास्थ्य थप बिग्रिएपछि गत बुधबार एपीएफ अस्पतालमा भर्ना भएका थिए।

Related Articles

Back to top button
Close