समाचार

सोमबार पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) प्रति १० ग्राम सुनको मूल्य ८४ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १ रुपैयाँ ५ पैसा कायम गरेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close