आइतबार १९ मंसिर २०७८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान् । नयाँ कामको थालनी हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विवाद पनि बढ्नेछ । घरायसी समस्या पनि आउला । पढाइ लेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैँया पैसाको पनि नाश हुने दिन छ । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन्, साथै अर्थको पनि हानी हुने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसा लेनदेनका काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ। बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्ने छन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ । जागीरमा सम्मान पाइनेछ । व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ, मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र ब्यापारमा पनि नाफा होला ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया