आइतबार १९ मंसिर २०७८

सिड्नी । अष्ट्रेलियाले २० महिना पछि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थी सहित दक्ष कामदारलाई प्रवेश अनुमति दिइने जनाए । त्यहाँका ८५ प्रतिशत जनसंख्याले को-भि’ड-१९ विरुद्धको खोप लगाइसकेपछि सरकारले यस्तो निर्णय लिएको हो । विदेशीको लागि सीमा खुला गर्ने निर्णयसँगै झन्डै २ लाख भिसावाहक विदेशी तत्कालै अष्ट्रेलियामा भित्रिने अपेक्षा गरिएको छ ।

डिसेम्बर १ देखि पूर्णमात्रा खोप लगाएका र दक्ष कामदार सहितका विद्यार्थीले प्रवेश पाउने जनाइएको छ । तर, अष्ट्रेलिया जाने विद्यार्थीले क्वा’रेन्टिन बस्नुपर्छ वा पर्दैन भन्ने निर्णय चाहिँ सम्बन्धित राज्य सरकारले गर्ने भएका छन् ।न्यू साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्रा खोप लगाइसकेका विद्यार्थीले क्वा’रेन्टिन बस्नु नपर्ने निर्णय गरिसकेका छन् । विद्यार्थीले ३ दिनभित्रको को-भिड नेगेटिभ प्रमाणपत्र पनि पेश गर्नुपर्ने भएको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विभिन्न २८ वटा शीर्षकका भिसाबाहक विदेशी नागरिकले प्रवेश पाउनेछन् जसमा दक्ष कामदार, श’रणार्थी, वर्किङ होलिडे, मानवीय लगायतका शीर्षक छन्। डिसेम्बर १देखि अष्ट्रेलियाले विदेशीलाई अनुमति दिने भएपछि अब ठूलो संख्यामा नेपाली विद्यार्थी जाने अनुमान गरिएको छ । सयौं नेपाली विद्यार्थी भिसा लिएर बसिरहेका छन् । तर, सरकारले तोकेको मापदण्ड चाहिँ उनीहरुले पुरा गर्नुपर्ने हुन्छ ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया