समाचार

दुर्गेशमाथि बर्षाले पोखिन् आक्रोश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा आफ्ना गीतहरुबाट बेलाबेलामा विवादमा आइरहने गर्छन् । धेरैजसो गीतका कारण विवादमा आइरहेका दुर्गेश केही दिनअघि कुकुरलाई मारेको भन्दै विवादमा आए ।

उनको गाडीले काठमाडौंको बागबजारस्थित श्रेष्ठ टेलरिङभित्र पार्किङमा बसिरहेको कुकुरलाई ठक्कर दिएको थियो । सार्वजनिक भिडियोमा पार्किङभित्र बसिरहेको कुकुरलाई दुर्गेशको गाडीले ठक्कर दिएको देखिएको छ ।

दुर्गेशको गाडीको ठक्करबाट कुकुरको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी पनि पर्यो । कुकुरधनीले दोषीमाथि कारवाहीको माग पनि गरेका थिए । तर मिलापत्र गरेर आरोपी गायक थापालाई छाडियो । यो घटना पछि बाहिरियो ।

यस्तै अहिले दुर्गेशमाथि जनावर प्रेमी मानिसहरुले सामाजिक सञ्जालमार्फत आक्रोश पनि पोखेका छन् । यसैबीत चर्चित अभिनेत्री वर्षा सिवाकोटीले पनि दुर्गेशमाथि आक्रोश पोखेकी छिन् । वर्षा सिवाकोटी पनि कुकुर प्रेमी हुन् ।

उनले बेलाबेलामा कुकुरसँग रमाएका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गर्ने गर्छिन् । सबैलाई थाहाँ नै छ लकडाउनको बेला पनि उनले कुकुरलाई खाना खुलाएकी थिइन् । दुर्गेशको पछिल्लो यस घटनालाई लिएर बर्षाले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै अब माफी मागेर के फाइदा भनेकी छिन् ।

Related Articles

Back to top button
Close