आइतबार ०६ आषाढ २०७८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पो’ष्ट’मा’र्ट’म भवन अगाडि मंगलबार मानिस’को भी’ड थियो। भीडभाडमा धेरैको अनुहार म’लि’न थि’ए। उनीहरू आपसमा कुराकानी पनि कमै गर्दैथिए। वातावरण नै शो’क’मा डुबे’को थि’यो।

पो’ष्ट’मा’र्टम भवन’मा सोमबार मृ’त्यु भए’का एक जना सैनिक जवान’को श’व राखिए’को थि’यो। त्यसैको पर्खाइमा थिए, भवन बाहिर बस्नेहरू। धादिङको निलकण्ठ–२ सिउडीबारका २३ वर्षीय जवान राजाराम राना मगर’को प्याराग्लाइडिङका क्रममा सोमबार दिउँसो मृ’त्यु भए’को थि’यो।

विगत एक महिनादेखि पोखरामा प्याराग्लाइडिङ तालिम लिइरहेका राजारामले सोमबार सोलो (एकल) उडान भरेका थिए।फेवाताल माथिबाट उडेका राजाराम फेवाताल’मा ग’एर डु’ब्न पु’गे। नेपाली सेनाले तालिमकै क्रममा सम्भा’वि’त दु’र्घ’ट’ना’बाट उ’द्धा’र गर्न ताल’मै टो’ली खटाए’को थि’यो। फेवाताल’मा डु’बे’का राजाराम’लाई क्षणभरमै सेनाको टोलीले उ’द्धार ग’र्‍यो, पोखराकै रानीपौवास्थित सैनिक अस्पतालमा उपचारका लागि लगे।

अस्पतालमा पुग्दा राजाराम’को मृ’त्यु भ’इसके’को थि’एन। नेपाली सेनाको पश्चिम पृ’तनाका सूचना अधिकृत सेनानी प्रेमप्रसाद पौडेलका अनुसार अस्पतालको आ’कस्मि’क कक्षमा उनको उपचार भइरहेको थियो। राजाराम बोल्न सक्ने अवस्थामा थिएनन्। उनको उपचा’रकै क्रम’मा मृ’त्यु भए’को सेनानी पौडेलले बताए। राजारामको कार्यक्षेत्र पोखरामा थिएन। उनी कार्यरत कालीजंग गण अहिले रसुवामा कार्यरत छ।

गत दसैंमा छुट्टीमा घर पुगेका थिए, राजाराम। उनका बुवा कुलबहादुर राना मगरका अनुसार राजारामले त्यतिबेला १५ दिनको छुट्टीमा आएको बताएका थिए। घर बसेको १०/१२ दिनमै राजारामलाई पल्टनबाट फोन आयो। तालिमका लागि पोखरा जान उनलाई आदेश आयो। उनी दसैं मानेर पोखरा हानिए। त्यसपछि तालिममा सहभागी भए।

नेपाली सेनाले खेलाडी उत्पादन गर्न ‘एडभेञ्चर स्पोर्ट्स्’ तालिम चलाइरहेको छ। राजाराम एक महिनादेखि यही तालिमका क्रममा प्याराग्लाइडिङ सिकिरहेका थिए। सेनाले यो तालिममा २ जना महिलासहित २३ जनालाई सहभागी गराएको छ।

‘राष्ट्रिय खेलाडी उत्पादनका लागि यो तालिम चलाएका थियौं, खेलाडी छनोटका क्रम’मा दु’र्घ’ट’ना भ’यो,’ पौडेलले भने। राजाराम सेनामा भर्ती भएको बल्ल ४ वर्ष पुगेको थियो। धादिङमा कक्षा १२ पास भएपछि उनी सेनामा भर्ती हुन रौतहट पुगेका थिए। त्यहीँबाट राजाराम सेनामा छनोट भएका थिए।

उनका बुवा कुलबहादुर नेपाली सेनाकै हवल्दार भएर अवकाश लिएका थिए भने उनका दाजु ऋषि राना मगर अहिले नेपाली सेनामै छन्।

राजाराम’को मृ’त्यु भए’पछि उनका बुवा कुलबहादुर, आमा राधाकुमारी र दाजु ऋषि अहिले पोखरा आएका छन्। उनीहरूलाई नेपाली सेनाले नै पोखरा ल्याएका हुन्। राजारामसँगै प्याराग्लाइडिङ तालिम लिइरहेका जवानहरू पनि प्रतिष्ठान’को पो’ष्ट’मा’र्टम भवन’मा पुगेका थिए।

पो’ष्टमा’र्टम भवन अगाडि राजारामका आमा राधाकुमारी बोल्न सक्ने अवस्थामा थिइनन्। सँगै तालिम लिइरहेका साथी गुमाउनुको पीडा सहकर्मी सैनिक जवानहरूको मुहारमा देखिन्थ्यो। दु’र्घट’नाका बा’रेमा आफूहरूले केही बताउन नसक्ने राजारामसँगै तालिम लिएका एक जवानले बताए। सेतोपाटी बाट साभार

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया